fbpx

यस्तो पनि : बलरको टाउकोमा बल ठोक्किएर भयो छक्का

एजेन्सी
१० फागुन — न्युजील्यान्डमा घरेलु क्रिकेट खेलमा एउटा अचम्म को घटना घटेको छ । उक्त खेलमा ब्याट्स्म्यान जीत रावलले कडा शट लगाउँदा बलरको टाउकोमा बल लाग्यो अनि उडेर बाउन्ड्री पार गर्दै छक्का हुन पुग्यो ।

यो घटना क्रिकेटमा सम्भवत पहिलोपल्ट भएको मानिएको छ ।

एन्ड्रु एलिस ती अभागी बलर ठहरिए जसको बलिङ्गमा रावलले स्ट्रेट ड्राइभ हाने जुन बल एलिसको टाउकोमा ठोक्किन पुग्यो । तर संजोगले उनलाई खासै केही भएन ।

चोट लागेपछि एलिस केही समयका लागि ग्राउन्डबाहिर गए । चिकित्सकहरूले उनलाई फिट घोषित गरे ।

पछि एलिसले ब्याटिङ पनि गरे । उनलाई चोटले कुनै समस्या दिएन ।

फोर्ड ट्रफीको तेस्रो प्रिलिमिनरी फाइनल खेलमा यो घटना भएको थियो ।

टाउकोमा चोट लगाइदिने रावलको विकेट एलिसले नै लिए ।

म्याचमा रावलले १५३ बलमा १४ चौका र चार छक्काको सहायताले १४९ रन बनाए अनि उनको टोली अकल्यान्डले क्यान्टरबरीलाई १०७ रनले हरायो ।

प्रतिक्रिया

Loading...