रेडियो कार्यक्रम चलाउँदा चलाउँदै प्रस्तोताले जन्माईन बच्चा, लाईभ प्रसारण गरियो

अमेरिकामा एक रेडियो कार्यक्रम प्रस्तोताले रेडियो कार्यक्रम चलाउँदा चलाउँदै बच्चा जन्माएकी छिन् । अमेरिकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरले लाइभ कार्यक्रम चलाउँदै गर्दा बच्चा जन्माएकी हुन् ।

उनले बच्चा जन्माउँदै गरेको प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको समाचारमा जनाईएको छ । कार्यक्रम चलाउने क्रममा नै उनको प्रसव पिडा सुरु भएको थियो । उनलाई तत्काल अस्पताल लगिएको थियो ।

समाचारमा जनाईए अनुसार अस्पतालभित्रैबाट पनि उनी सुत्केरी भएको प्रत्यक्षण प्रसारण गरिएको थियो ।

यो आफ्नो लागि एक शानदार अनुभव भएको बीबीसीसँगको कुरामा उनले बताएकी छिन् । सुत्केरी हुने भनेर डाक्टरले दिएको मितिभन्दा पहिले नै प्रसव पीडा सुरु भएको र अचानक कार्यक्रमको पनि तयारी गर्नु परेको जनाईएको छ ।

जन्मिएको बच्चाको नाम रेडियोका स्रोताहरुले नै जुराई दिएका छन् । बच्चाको नाम जेमसन राखिएको छ। बच्चाको नाम के राख्ने भनेर रेडियोमा भोटिङ गरिएकोमा सबैभन्दा धेरै स्रोताहरुले रोजेको आधारमा बच्चाको नाम जेमसन राखिएको उनले बताएकी छिन् ।

समाचारमा उल्लेख भए अनुसार प्राक्टर अहिले रेडियो कार्यक्रमबाट टाढा भएकी र केही दिनका लागि सुत्केरी विदामा बसेकी छिन् ।

प्रतिक्रिया

Loading...