रिसको झोकमा महिलाले आफ्नै श्रीमानको लिंग च्वाट्टै पारेपछि..

आफ्ना पतिले बाहिर अरु महिलासँग शारीरिक सम्पर्क राखेको कुनै महिलालाई सैह्य होला र ? हो, त्यही पिडा सहन नसकेर एक महिलाले आफ्नो पतिको लिङ्ग च्वाट्ट पारेर ट्वाइलेटमा बगाइदिएकी छन् ।

छिमेकी मुलुक भारतको जालन्धरस्थित जोगिन्दर सहरमा बस्ने आजाद सिंह नाम गरेका पुरुषको उनकै पत्नी सुखवन्त कौरले लिंग काटि दिएकी हुन् । लिंग काटिएपछि अहिले ठुटो यौनांग सहित गम्भीर अवस्थामा त्यहाँ स्थित एक अस्पतालमा उपचार गरिरहेका छन् ।

पति आजाद सिंहले आफु भन्दा बाहिर अन्य महिलासँग यौन सम्बन्ध राखेको शंका लागेको थियो । त्यसपछि उनी रिसले चूर भएपछि यस्तो सम्म गरिदिईन् ।

जब उनका श्रीमान सुतेका थिए, तब उनले फलामको रडले हिर्काईन र पति बेहोस भए । त्यसपछि चक्कुले लिंग छिनालिदिइन् । छिनालेको लिंगको टुक्रा उनले ट्वाइलेटमा लगेर बगाएको समाचारमा जनाईएको छ ।

त्यसपछि उनका पति गम्भिर अवस्थामा पुगे । उनलाई उद्धार गरी अस्पताल पुराइयो । तर पनि अधिक मात्रामा रगत बगेको कारण उनको अवस्था धेरे नै गम्भिर रहेको जनाईएको छ । लिंग काटिएका सिंहका बुवाको उजुरीका आधारमा उनकी पत्नीमाथि मुद्दा दर्ता गरिएको समेत समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

Loading...