fbpx

सुन्दरहरैंचा गोल्डकप फागुन १२ मा सुरु हुने


उत्तम पोख्रेल
कोशी अनलाइन
फागुन ९, मोरङ, मोरङको सुन्दरहरैंचामा पहिलो सुन्दरहरैंचा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । फागुन १२ गतेदेखि १८ गतेसम्म प्रतियोगिता सन्चालन हुने आयोजक एकता युवा क्लबले पत्रकार सम्मेलनमार्फत् जनाएको छ । विभागीयसहित आठवटा क्लबहरूले प्रतियोगितामा भाग लिने एकता युवा क्लबका संयोजक विक्रम साम्पाङले जानकारी दिए ।

प्रतियोगितामा सयपत्री यासोक पाँचथर, एपिएफ दमक झापा,१ नम्बर प्रदेशस्तरीय प्रहरी टिम रानी, विराटनगर, एलेभेन एरोज दुहवी सुनसरी, गाईघाट ँऋ उदयपुर, काकड्भिट्टा ट्रेनिङ सेन्टर काकड्भिट्टा, आयोजक एकता युवा क्लब मोरङ र द सेभेन युथ क्लब धनकुटाले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताबाट करिब २० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । १९ लाख २४ हजार दुई सय २२ रुपैयाँ आम्दानी हुने प्रतियोगिता मुल समारोह समितिका संयोजक केशव अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख ५१ हजार एक सय ५१ रुपैयाँ पाउनेछन् भने दित्तीय हुनेले एक लाख एक हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता प्रस्तावित इन्द्रपुर रंगशालामा हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट डिफेन्डरका लागिसमेत दैनिक पुरस्कारको व्यवस्था रहेको आयोजकको भनाइ छ ।

प्रतिक्रिया

Loading...