fbpx

रियल म्याड्रिडका यी स्टार खेलाडीले पिएसजीसँगको खेल गुमाउने सम्भावना बढ्यो

मार्सेलो घाइते भएको एक हप्ता नहुँदै रियलका भरपर्दा मिड फिल्डर टोनी क्रुज घाइते हुन पुगेका छन् ।

अभ्यासको क्रममा उनको देब्रे घुँडामा चोट लाग्न पुगेको छ । यस चोटको कारण उनले च्याम्पियन्स लिगअन्तर्गत पिएसजीविरूद्ध दोस्रो लिगको खेल गुमाउने सम्भावना बढेको छ ।

यस सिजन घेरेलु लिग र कोपाडेल रेको उपाधि होडबाजीबाट बाहिरिसकेको रियल म्याड्रिडलाई बर्षको एउटा मात्र उपाधिको आशा रहेको च्याम्पियन्स लिग जित्नको लागि मर्सेलो र टोनी क्रुजलाई गुमाएबाट मुस्किल पर्ने देखिन्छ । यी दुईलाई गुमाउनु रियलको लागि ठूलो झट्का हुनेछ ।

केही हप्ताको उपचारपछि क्रुज टिममा फर्कने कुरामा रियल प्रशिक्षक जिदाने जिदान विश्वस्त छन् ।

गत हप्ता घरेलु मैदानमा रियलले पहिलो लेगमा पिएसजीविरुद्ध ३-१ को नतिजा निकाल्दा क्रुजले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । त्यसैले पनि दोस्रो लेगको खेलमा उनको अभावले रियललाई ठुलो नोक्सानी पुग्नेछ । यी दुई बीचको दोस्रो लेगको खेल पिएसजिको घरेलु मैदानमा आगामी मार्च ६ मा हुनेछ ।

प्रतिक्रिया

Loading...