कोख भाडामा लिएर एक पुरुषले जन्माए १६ सन्तान

कोशी अनलाइन, फागुन ९
थाइल्याण्का विभिन्न शहरमा यतिबेला कोख भाडामा लिएर सन्तान जन्माउने प्रचलन दिनप्रतिदिन बढ्दै गएको छ । यसरी बढदो व्यवसायलाई रोक्न गरिएको डिएनए परीक्षणबाट एक जना अर्वपतिका छोरा मित्सुतोकी सिगेताले कोख भाडामा लिएर कम्तीमा १६ सन्तान जन्माएको खुलासा भएको हो ।

थाइल्यण्डको एक अदालतले कोख भाडामा दिने आमाहरुबाट कम्तीमा १६ जना सन्तान जन्माएका उनलाई अदालतले १३ जना सन्तानको पूर्ण जिम्मेवारी दिने फैसला सुनाएको छ । यस अघि सम्म ति सन्तानलाई थाइ सरकारले नै हेर्दै आएको थियो ।

थाइ महिलालाई कोख भाडामा लगाएबापत विदेशीले रकम तिर्ने गरेको र कोख भाडामा लगाउने व्यवसाय व्यापकरूपमा विस्तार भएको खुलासा भएपछि सरकारी अधिकारीले हस्तक्षेप गरेसँगै यो खबर बाहिरिएको हो ।

यो खबर बाहिरिए लगतै उनका उनका वकिलले भने उनले एउटा ठूलो परिवार चाहेको र एकजना धनाढ्य जापानी व्यापारीको छोरा भएको हैसियतले पनि ति सन्तानलाई आवश्यक भरणपोषण गर्न सक्ने तर्क अघि सार्दै आएका छन्

प्रतिक्रिया

Loading...