fbpx

चेल्सी र बार्सिलोना १–१ को बराबरीमा

फागुन ९ – च्याम्यिन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना र इंग्लीस क्लब चेल्सीबीचको खेल बराबरीमा टुंगिएको छ ।

हाल भइरहेको युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सालाई घरेलु टोली चेल्सीले १–१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा चेल्सीका लागि ६२ औँ मिनेटमा विलियनले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर ७५ औँ मिनेटमा लियोनल मेस्सीले बार्साका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याइदिए । अब दोश्रो लेग आउँदो मार्च १४ मा नाउक्याम्पमा हुनेछ ।

बार्सिलोनाले अन्तिमपटक सन् २००६ मा अन्तिम १६ कै पहिलो लेगमा २-१ गोलले चेल्सीलाई हराएको थियो जुन खेल पनि चेल्सीको मैदानमा भएको थियो।

प्रतिक्रिया

Loading...