fbpx

चेल्सी बिरुद्ध गोलकोको खडेरी मेटाउन मेस्सीलाई दबाव

चेल्सी बिरुद्ध च्याम्पियन्स लिग अन्तर्गत हुने पहिलो लेगको खेलमा बार्सिलोनाका सुपरस्टार मेस्सीको लागी आफ्नो गोलको खडेरी मेटाउने ठुलो मौका हुनेछ ।

हालसम्म च्याम्पियन्स लिग अन्तर्गत चेल्सी बिरुद्ध सात खेल खेलिसकेका मेस्सिले एक गोल पनि गर्न सकेका छैनन् । चेल्सी बिरुद्ध भएको हरेक खेलमा मेस्सी आलोचित हुदैँ आएका छन् ।

सन् २०१२ को च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनल खेलमा चेल्सी बिरुद्ध पाएको पेनाल्टीलाई मेस्सिले गोलमा परिणत गर्न नसक्दा बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । उक्त खेल पछी मेस्सिको चारै तिर आलोचना भएको थियो ।

आजको खेलमा गोल गर्दै मेस्सिलाई उक्त आलोचनाको जवाफ दिने सुनौलो अवसर हुनेछ ।

यस सिजन ला-लिगामा अपराजित रहेको बार्सिलोनालाई जित दिलाउनको लागी आजको खेलमा मेस्सीले गोल गर्नेमा बार्सिलोनाका प्रशिक्षक बिस्वस्त छन् । यस सिजन ३७ खेलमा २७ गोल गरिसकेका मेस्सीलाई रोक्न चेल्सीको डिफेन्सलाई निकै हम्मे हुने देखिएको छ ।

यसै सिजन च्याम्पियन्स लिग अन्तर्गत समूहको खेलमा युभेन्टस बिरुद्ध २ गोल गर्दै लियनल मेस्सीले इटालीका गोलरक्षक बुफन बिरुद्ध गोल गर्न नसकेको खडेरीलाई मेटाएका थिए ।

प्रतिक्रिया

Loading...