fbpx

बार्सिलोना र चेल्सीको महा-भिडन्त आज

च्याम्पियन्स लिगको प्रि- क्याटरफाइनल अन्तर्गत पहिलो लेगको खेलमा आज राती बार्सिलोनाले चेल्सीको सामना गर्दै छ ।

खेल नेपाली समय अनुसार राती साढे १ बजे सुरु हुनेछ । आजको खेल जित्दै बार्सिलोना अवे खेलको फाइदा लिने दाउमा हुनेछ भने चेल्सी घरेलु दर्शकलाई खुशी बनाउने दाउमा हुनेछ ।

यस सिजन इंगलिस प्रिमियर लिगमा चौथो स्थानमा रहेको चेल्सीलाई ला-लिगामा अपराजित रहेको बार्सिलोनालाई रोक्न निकै गाह्रो हुने विभिन्न खेल पण्डितहरु बताउछन् । तर गत हप्ता हल सिटी बिरुद्ध एफए कपमा ३-० को नतिजा निकालेको चेल्सीलाई कम नहाक्न सकिने बार्सिलोनाक प्रशिक्षक भलभेर्डले बताएका छन् ।

च्याम्पियन्स लिग अन्तर्गतको इतिहास हेर्दा बार्सिलोना र चेल्सीलाई एक अर्काको ठुलो प्रतिस्पर्धीको रुपमा हेर्ने गरिन्छ । सन् २००९ को विवादस्पद सेमीफाइनल खेलमा चेल्सीलाई स्तब्द पार्दै बार्सिलोनाले च्याम्पियन्स लिगको उपाधी उचालेको थियो । त्यस्तै सन् २०११/१२ को च्याम्पियन्स लिग जित्दा चेल्सीले सेमीफाइनलमा बार्सिलोनालाई स्तब्ध बनाएको थियो । पछिल्लो समय यी दुइ टिम बीच भएका खेलहरुमा चेल्सी हाबी भएको पाइन्छ ।

चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा हुन गइरहेको आजको खेलमा सबैको आँखा बार्सिलोनाका सुपरस्टार मेस्सीमाथि हुनेछ । उनले हालसम्म चेल्सी बिरुद्ध भएको खेलमा गोल गर्न सकेका छैनन् । उनको लागी यो खडेरी मेट्ने ठुलो मौका हुनेछ ।

प्रतिक्रिया

Loading...