fbpx

खेलाडीले पाए एउटै खेलमा १० रातो र ८ पहेलो कार्ड

काठमाडौँ – ब्राजिलमा भएको एउटा फुटबल खेलमा खेलाडीहरुले १० वटा रातो कार्ड र ८ वटा पहेँलो कार्ड पाएका छन् ।

बाहिया स्टेट च्याम्पियनसिप अन्तर्गत भिटोरिया र बाहिया क्लबबीच भएको खेलमा खेलाडीले १० वटा रातो कार्ड र ८ वटा पहेँेलो कार्ड पाएपछि खेल बिचमा नै रोकिएको थियो ।

 

ब्राजिलको साल्भाडोरमा भएको खेलको पहिलो हाफमा डेनियल्सको गोलमार्फत घरेलु टिमले अग्रता बनाएको थियो ।

तर, दोस्रो हाफमा खेलले अर्कै मोड लियो । ५० औं मिनेटमा बाहियाले पेनाल्टीमार्फत गोल गर्योे र घरेलु समर्थकमाझ उसका खेलाडीले त्यो गोलको खुशी साटिरहेका थिए ।

तर विपक्षी खेलाडीले त्यो खुशीलाई सहन सकेनन् र बाहियाका खेलाडीमाथि मुक्का हान्दै जाई लागे । जसका कारण १६ मिनेटसम्म खेल रोकिनुका साथै रेफ्रीले ८ खेलाडीलाई एकै पटक रातो कार्ड दिँदै मैदानबाट बाहिर पठाए । जसमा पाँच रातो कार्ड बाहियाका खेलाडीले पाए भने ३ वटा कार्ड भिक्टोरियाका खेलाडीले ।

त्यति हुँदा पनि खेल चलिरहेको थियो । खेल रोकिएर सुरु भएको ११ मिनेटपछि पुन भिटोरियाका २ खेलाडीले फेरि रातो कार्ड पाएपछि खेल रोकियो । रेफ्रीले बाहियालाई ३–० ले जितेको घोषणा गरे । यो खेलमा ८ वटा पहेलो कार्ड पनि दिइएको थियो ।

प्रतिक्रिया

Loading...