fbpx

म्यान्चेष्टर सिटी एफए कपबाट बाहिरियो

फागुन ८ – म्यानचेष्टर सिटी एफए कपबाट बाहिरिएको छ ।

बेलायतको नकआउट फुटबल प्रतियोगिता एफए कपको पाँचौ चरणको खेलमा विगान एथ्लेटिक्ससँगको खेलमा गएराती १–० ले पराजित भएपछि म्यानचेष्टर सिटीको एफए कपको यात्रा टुंगिएको हो ।

प्रियिमर लिगको अंक तालिकाको पहिलो स्थानमा रहेको सिटी दोश्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडभन्दा १६ अंकले अघि छ ।

राती भएको खेलको पहिलो हाफको इन्जुरी समयमा फाबियन डल्फी रातो कार्ड पाउँदै बाहिरिएपछि म्यानचेष्टर सिटी दोश्रो हाफमा १० खेलाडीमा सिमित भएको थियो ।

त्यसको फाइदा उठाउँदै विगानलाई जिताउन ग्रिक स्ट्रकले ७९ औं मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया

Loading...