एभरेष्ट स्कुलको ३२ औं वार्षिकोत्सव मनाइयो


कोशी अनलाइन
फागुन ७, मोरङ, मोरङको पथरीशनिश्चरे- १ मा रहेको एभरेष्ट इङ्लिस स्कुलले आज आफ्नो ३२ औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । यही फागुन ५ गतेदेखि सञ्चालन गरिएको ३ दिने कार्यक्रमको आज औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो । ५ गते विभिन्न अतिरिक्त क्रियाकलापहरु हण्डी फुटाइ, सियो उन्ने, डोरी तान्ने, म्यूजिकल चेयरलगायतका खेलहरु भएका थिए ।

दोस्रो दिन हिजो सामाजिक, विज्ञान, गणितलगायत ६ वटा विषयमा आधारित रहेर विध्यार्थीहरूले तयार पारेका शैक्षिक साग्रीहरुको प्रदर्शनी गरिएको थियो । उक्त प्रदर्शनी पथरीशनिश्चरे, रमाइलो, लेटाङलगायतका स्थानबाट विध्यार्थी तथा अभिभावकहरुले अवलोकन गरेका थिए । सोमबार विध्यालयको प्राङ्गणमा विभिन्न सांस्कृतिक कार्यक्रम नृत्य, गायन, अभिनय आदि प्रतियोगिता गरी वार्षिक उत्सव मनाइएको हो ।

यस कार्यक्रमलाई दुई चरणमा विभाजन गरेर सन्चालन गरिएको थियो । पहिलो चरणमा औपचारिक कार्यक्रम गरी विभिन्न विधामा सन्चालन गरिएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने अभिभावक, उत्कृष्ट विध्यार्थी, २० वर्षदेखि निरन्तर अध्यापन गर्दै आएका शिक्षक, पूर्व विध्यार्थी लगायतलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । औपचारिक कार्यक्रमको प्रमुख अतिथिमा सि टि एफ नेपालका प्रमुख विनोद कार्की रहेका थिए । उनले कार्यक्रममा मन्तव्य राख्दै यस क्षेत्रमा थुप्रै विध्यालय रहेको भएता पनि यो विध्यालय अन्य विध्यालयभन्दा फरक तरिकाले अगाडि बढेको बताए ।

यस विध्यालयले प्रयोगात्मक शिक्षामा जोड दिएको उनले बताए । औपचारिक कार्यक्रममा अभिभावक ऋषिराज धिमाल, प्लस टु संयोजक हिरालाल देवकोटा, विध्यालयका निर्देशक रविन कन्दङ्वा, प्रचार्य शान्तीराम तिम्सिना तथा विध्यार्थीहरूले मन्तव्य राखेका थिए । कार्यक्रम शिक्षक वेदनिधि खनालले सन्चालन गरेका थिए भने अध्यक्ष पर्शुराम मिश्रको सभापतित्वमा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

Loading...