fbpx

कर्मचारीद्वारा राजनीतिक दल पराजित

बाबुराम बास्तोला
कोशी अनलाइन
फागुन ७, संखुवासभा, प्रजातन्त्र दिवसको अवसरमा संखुवासभामा भएको राजनीतिक दल र कर्मचारीबीचको मैत्रीपूर्ण फुलबलमा कर्मचारीको टिम विजयी भएको छ । सोमबार स्थानीय खाँदबारी रंगशालामा भएको खेलमा कर्मचारीको टिमले राजनीतिक दलको टिमलाई ३–० को गोल अन्तरले पराजित गरेको हो ।

खेल सुरु भएको दशौँ मिनेटमा नै कर्मचारीको तर्फबाट जिल्ला प्राविधिक कार्यालयका प्रमोद चौधरीले पहिलो गोल गरेका थिए । सो गोलसँगै पहिलो हाफमा २ र दास्रो हाफमा १ गोल भएको थियो भने राजनीतिक दलले पाएका केही अवसरहरूलाई उसले गोलमा परिणत गर्न सकेन । खेलमा प्रदेश नम्बर १ का माननीय सांसद सरिता थापा(खड्का)को पनि उपस्थिति रहेको थियो ।

प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा भएको खेलमा राजनीतिक दलको नेतृत्व जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले गरेका थिए भने कर्मचारीको टिमको नेतृत्व प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले गरेका थिए । खेलमा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुखहरू, पत्रकारलगायत अन्य थुप्रै व्यक्तिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Loading...