सिर्जनात्मकता वृद्धि गर्न विज्ञान प्रदर्शनी आयोजना

कोशी अनलाइन
फागुन ७, मोरङ,विध्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अङ्ग्रेजी आवासीय माध्यमिक विध्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

शनिबार र आइतबार गरी विध्यालय परिसरमा विध्यार्थीद्वारा निर्मित विज्ञान तथा कला प्रदर्शनी भएको थियो । प्रदर्शनीमा विध्यार्थीहरुद्वारा निर्मित आकर्षक स्मार्टसिटी, बोटानिकल गार्डेन, रोबोट, पानीबाट चल्ने हाइड्रोलिक जेबिबी, डोजर, विज्ञानसम्बन्धि विभिन्न सामग्री, खेती किसान र घरमा आवश्यक विभिन्न सामग्री प्रदर्शनीका लागि राखिएको थियो । प्रदर्शनीमा राखिएकामध्ये बोटानिकल गार्डेन र स्मार्टसिटी दर्शकले निकै मन पराएको विध्यालय सन्चालक रबिन कन्दङ्वाले बताए ।

पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिकाका१० वटा निजी विध्यालयबाट आएका विध्यार्थी र आयोजक एभरेष्ट विध्यालयमा अध्ययनरत विध्यार्थी तथा अभिभावक गरी पाँच हजारभन्दा बढीले प्रदर्शनीको अवलोकन गरेको प्रिन्सिपल शान्तिराम तिम्सिनाले बताए । कक्षा युकेजी देखि १२ सम्मका विध्यार्थीले निर्माण गरेका सिर्जना २३ वटा स्टलमा राखिएका थिए । (रासस)

प्रतिक्रिया

Loading...