जसले ६ सय ५७ पटक परीक्षा दिईन्

तपाईले अहिले सम्म कति वटा परीक्षा दिनु भएको होला ? गिन्ती ग¥यो भने एक सय भन्दा धेरै तल नै होला । तर भारतमा एक महिलाले पछिल्लो १० वर्षमा ६ सय ५७ पटक परीक्षा दिएकी छन् ।

उमेरले ३० वर्ष पुगेकी पुष्पा प्रियाले जागिर खान्छिन् । त्यो पनि राम्रो तलब आउने । तर उनले वर्षको ६५ पटकभन्दा बढि परीक्षा दिने गरेकी समाचारमा जनाईएको छ ।

तर वास्तवमा उनले आफूले जागिर खानका लागि परीक्षा दिने गरेको नभई अपांग विद्यार्थीहरुको सहयोगका लागि परीक्षा हलमा लेखिदिने सहयोगी बनेर परीक्षा दिने गरेकी हुन् ।

उाबमे सहायताबाट परीक्षा दिएका धेरै अपांगता भएकाहरुले अहिले विश्वविद्यालय उत्तीर्ण गरेका छन् भने कतिपयले जागिर पनि खाइरहेका छन् ।

आफुले पढ्दाको समयमा गरिबीका कारण शुल्क तिर्न नसकेपछि परीक्षाहलबाट बाहिर निकालिएकी प्रियाले अहिल गरीब तथा अपांगको सहयोग गरिरहेकी छिन् । उनले अपांग विद्यार्थीहरुको सहयोगका लागि परीक्षामा सहयोगी बनेर उत्तरपुस्तिकामा लेखिदिने काम गर्दै आएकी छिन् ।

उनले पहिलो पटक यस्तो काम सन् २००७ मा डाउन सिन्ड्रोमयुक्त विद्यार्थीको उत्तरपुस्तिकामा लेखिदिएर सुरु गरेकी हुन् ।

प्रतिक्रिया

Loading...