fbpx

अग्युरोसँग हजार्ड साट्न चेल्सी तयार

कोशी अनलाइन, फागुन ७
यस बर्ष उत्कृस्ट खेल प्रदर्सन गरिरहेको म्यानचेस्टर सिटी आउँदो समर ट्रान्सफरमा चेल्सीका उत्कृस्ट मिड फिल्डर इडेन हजार्डलाई आफ्नो क्लबमा भित्राउने दाउ छ । यसका लागी उसले सिटी चेल्सीलाई १५० मिलियन तिर्न तयार छ ।

चेल्सीले सिटीको १५० को अफरलाई अस्विकार गरेको छ । उसले यस सम्झौतामा सिटीका भरपर्दा स्ट्राइकर सर्जियो अग्युरोलाई सामेल गराउने भएको छ ।

चेल्सीले हजार्डसँग अग्युरो साट्ने प्रस्ताव राखेको हो । चेल्सीले आफ्नो क्लबमा स्ट्राइकरको अभाव खड्किरहेको अवस्थामा यो सम्झौता अगाडी बढाएको हो । उसले यसै सिजन रियलबाट अनुबन्धन गरेको अल्भोरा मोरटाले प्रिमियर लिगमा त्यति प्रभाव जमाउन सकिरहेका छैनन् ।

अग्युरोले यस सिजन प्रिमियर लिगमा २१ गोल गर्दै सिटीलाई शिर्ष स्थानमा रहन निकै महत्वपूर्ण भूमिका खेलिरहेका छन् । यसै सिजन उनी म्यानचेस्टर सिटीको लागी सबैभन्दा बडी गोल गर्ने खेलाडी भएका थिए ।

त्यसतै हजार्डले यस सिजन प्रिमियर लिगमा ११ गोल गरिसकेका छन् । हजार्ड माथी स्पेनिस जाइन्ट रियल म्याड्रिडले पनि आँखा लागाई रहेको छ ।

प्रतिक्रिया

Loading...