fbpx

केबिन डिब्र्युन किन्ने म्याड्रिडको दाउ

कोशी अनलाइन, फागुन ७
यो जनवरी ट्रान्सफरमा कुनै पनि खेलाडी नाभित्राएको रियल म्याड्रिडले आउँदो समर ट्रान्सफरमा खेलाडी किन्न थुप्रै रकम खर्चने भएको छ । उसको आँखा अहिले इंगलिस प्रिमियर लिगमा उत्कृस्ट खेल प्रदर्शन गरिरहेका विभिन्न खेलाडीहरुमा रहेको छ ।

रियल म्याड्रिड आउदो समर ट्रान्सफरमा म्यानचेस्टर सिटीको भरपर्दा मिड फिल्डर केबिन डिब्र्युनलाई आफ्नो क्लबमा भित्राउने दाउमा छ ।

यस सिजन उत्कृस्ट फममा रहेका डिब्र्युनको लागी म्याड्रिडले २०० मिलियन युरो खर्चने भनिएको छ । इंगलिस प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आफ्ना भरपर्दा खेलाडी डिब्र्युनलाई गुमाउन चाहदैन । त्यसैले रियललाई डिब्र्युन भित्राउन निकै गाह्रो हुने देखिएको छ ।

डिब्र्युनले यस सिजन प्रिमियर लिगमा ७ गोल गरिसकेका छन् । सबै खेल गरी हालसम्म उनले ३९ खेलमा ११ गोल गर्न भ्याएका छन् ।

प्रतिक्रिया

Loading...