fbpx

च्याम्पियन्स लिगको लागि रियल म्याड्रिडलाई लाग्यो ठुलो झड्का

कोशी अनलाइन, फागुन ७
गएराती रियल बेटिस विरूद्ध भएको खेलमा रियलका भरपर्दा डिफेन्डर मार्सेलो घाइते हुन पुगेका छन् । रियलले ५(३ को जित निकालेको खेलको ३० औ मिनेटमा मार्सेलो घाइते हुन पुगेका थिए । दाहिने खुट्टामा चोट लागेको कारण उनी मैदानमा ढल्न पुगेका थिए ।

मार्सेलोले गत हप्ता पियसजी बिरुद्ध च्याम्पियन्स लिग अन्तर्गत प्रि( क्वाटरफाइनलको पहिलो लेगमा रियलले ३-१ को जित निकाल्दा १ गोल गर्दै उत्कृस्ट खेल प्रदर्सन गरेका थिए । मार्सेलो घाइते हुनाले रियललाई पियसजी बिरुद्ध हुने दोस्रो लेग खेलको लागी ठुलो झट्का पुगेको हो ।

रियल टिमकै प्रमुख खेलाडी भएको हँदा उनी चाँडै ठिक भएर पर्कने कुरामा भने रियलका प्रशिक्षक जिदाने जिदान मार्सेलो विश्वस्त छन् । ।

रियल यस सिजन लिगको शिर्ष स्थानको बार्सिलोनाभन्दा १७ अंकले पछि रहदै लिगको चौथो स्थानमा छ । त्यसैले पनि मार्सेलोको अभावले रियललाई अर्को वर्ष हुने च्याम्पियन्स लिगमा छनोट हुन ठुलो असर पर्ने छ । यस सिजन मार्सेलोले २८ खेलमा ३ गोल गरिसकेका छन् ।

प्रतिक्रिया

Loading...