fbpx

मार्को असेन्सियोकाे दुर्इ गाेल सहित रियल म्याड्रिडको सानदार जित

फागुन ७ – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ ।

सेभियाको घरेलु मैदानमा भएको खेलमा म्याड्रिडले बेटिसलाई ५–३ गोल अन्तरले हरायो ।

खेलमा रियलको तर्फबाट मार्को असेन्सियोले दुई गोल गरेका थिए भने खेलको ११ औं मिनेटमा मार्कोको गोल मार्फत अग्रता बनाएको रियल विरुद्ध ३३ औं मिनेटमा बेटिसले गोल गर्दै खेल बराबरी गरेको थियो ।

लगत्तै ३७ औं मिनेटमा नाचोले आत्मघाती गोल गर्दा बेटिस एक गोलले अगाडि रहेको थियो ।

त्यसपछि रियलले तीन गोल थप्दै अन्तर ४–२ मा पुर्यायो जसमा रियललका लागि सर्जियो रामोस, क्रिस्टियानो रोनाल्डो र मार्कोले एक एक गोल गरे ।

इन्जुरी समयमा करीम बेन्जिमाले अर्को गोल थप्दा रियलले ५–३ को जित निकाल्यो ।

यो खेलमा दुई गोल गरेका मार्को असेन्सियोले याे सिजनमामात्र रियल मड्रिडका लागि ९ गाेल गरेका छन् ।

प्रतिक्रिया

Loading...