fbpx

वर्ल्डकप क्वालिफायरको लागी नेपाली टोली घोषणा, पहिलो पटक टिममा परे ललित राजवंशी

६ फागुन
अर्को महिना जिम्वावेमा हुने वान डे वर्ल्डकप क्वालिफायरका लागि पारस खड्काको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ।

इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीले सोमवार मिडिया रिलिज सार्वजनिक गर्दै नेपालको टोली घोषणा गरेको हो।

सार्वजनिक टोलीमा नामिबियामा डिभिजन टू खेल्ने टिममा रहेका १४ जना र थप एक जना खेलाडीको नाम रहेको छ। डिभिजन टू को लागि वैकल्पिकमा बसेका स्पिनर ललित नारायण राजवंशी पहिलो पटक यस टोलिमा अटाएका छन् ।

डिभिजन टू को उपविजेता बनेको नेपाल मार्च ४ देखि जिम्वावेमा हुने वर्ल्डकप क्वालिफायरको समूह बी मा छ। नेपालले मार्च ४ मा घरेलु टोली जिम्वावेसँग पहिलो खेल खेल्नेछ। यस्तै मार्च ८ मा स्कटल्याण्ड, मार्च १० मा अफगानिस्तान र मार्च १२ मा हङकङसँग खेल्नेछ।

वर्ल्डकप क्यालिफायरको खेल खेल्नु अगावै नेपाली टोलीले फेब्रुअरी २७ मा युएई तथा मार्च १ मा हङकङसँग वार्मअफ म्याच खेल्नेछ।

डिभिजन टू खेलेर हिजो शनिवार स्वदेश फर्किएको नेपालि टोली आगामी शनिवार जिम्वावे जानेछ।

वर्ल्डकप क्वालिफायरको लागी नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति प्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी रहेका छन् ।

प्रतिक्रिया

Loading...