fbpx

नेयमार भन्दा रोनाल्डोको खेल राम्रो – जाभी

एजेन्सी
बार्सिलोनाका पूर्व स्टार खेलाडि जाभी हर्नान्डेजले हालै सम्पन्न रियल विरुद्ध पिएसजीको च्याम्पियन्स लिग खेलका बारेमा आफ्नो अभिव्यक्ति दिएका छन् ।

उक्त खेलमा नेयमारको प्रदर्शन क्रिस्टियानो रोनाल्डोभन्दा राम्रो रहेको जाभीले बताएका छन् ।

३७ वर्षीय जाभीले सो फुट पत्रिकासँगको अन्तर्वार्तामा भने,”क्रिस्टियानो त्यस खेलमा नेयमारभन्दा राम्रो थिए भनियो । तर रोनाल्डोले पेनाल्टि गोल र घुंडाले गोल गर्नु बाहेक खेलमा के गरे र? अर्को तर्फ नेयमारले कैयौं अवसर सिर्जना गरे र उनको काउन्टर अट्याकले रियल पनि भयभित भएको थियो ।” सो खेलमा रोनाल्डोले २ गोल गर्दा रियलले पिएसजीलाई ३-१ ले हराएको थियो ।

रोनाल्डो यस सिजन लिगमा आशा गरिएको जस्तो लयमा छैनन् तर च्याम्पियन्स लिगमा उनको प्रदर्शनहरुले भने निकै प्रशंसा पाएको छ । अर्को तर्फ फ्रान्सेली लिग १ मा शानदार लयमा रहेका नेयमारले रियलविरुद्धको महत्त्वपूर्ण खेलमा प्रभावकारी प्रदर्शन दिन नसकेको आलोचना आएको छ ।

मार्च ६ मा रियल र पिएसजी पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्समा भिड्ने तयारीमा छन् ।

प्रतिक्रिया

Loading...