fbpx

आइ लिगमा विमलको टोलीलाई सफलता

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका खेलाडी विमल घर्ती मगरले खेल्ने गरेको इन्डियन क्लब मोहन बगानले आइतबार हिरो इन्डियन लिग (आइ लिग) मा सफलता प्राप्त गरेको छ ।

आज भएको खेलमा मोहन बहानले नेरोकालाई ३–२ ले हराएको छ । उक्त खेल हारेपनि नेरोका ३१ अंकका साथ शीर्षस्थानमा छ ।

हाल सम्म नेरोकाले १७ खेल खेलिसक्दा दोस्रो स्थानमा रहेको मिनेर्भा (२०) ले १४ तथा तेस्रो स्थानको इष्ट बंगाल (२६) र चौथो स्थानको मोहन बगान (२४) ले समान १५ खेल खेलेका छन् । मिनेर्भामा नेपाली टोलीका गोलकिपर किरण चेम्जोङ आबद्ध छन् ।

नेरोकाले दुई पटकको अग्रतालाई जोगाउन सकेन । सुवास सिंहको गोलबाट १६ मिनेटमा नेरोकाले अग्रता लिएपनि २१ औं मिनेटमा डिपान्डा डिकाले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । ओडिली चिडीको गोलमा नेरोकाले २४ औं मिनेटमा पुनः अग्रता लियो ।

तर त्यो पनि लामो समय टिकेन डिकाले ३० औं मिनेटमा बराबरी गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मोहन बगानका अक्रम मोगराबीले गोल गरे र त्यहि गोलमा टोलीले जित दर्ता गरे । यद्दपी अघिल्लो महिला क्लबमा आबद्ध भएका विमलले भने आइतबारको खेलमा मौका पाएनन् ।

प्रतिक्रिया

Loading...