प्रजातन्त्र दिवसमा टेलिकमले ल्यायो यस्तो आकर्षक अफर

काठमाडौं । प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल टेलिकमले नयाँ अफर स्वरुप ‘फ्रिडम प्याक’ अफर ल्याएको छ।

टेलिकमका अनुसार कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले उक्त अफरबाट फाइदा लिन सक्ने छन् । फ्रिडम प्याक लिएको समयबाट एक घण्टासम्म अनलिमिटेड रुपमा कल र डाटा उपयोग गर्न सकिने टेलिकमले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

जीएसएम तथा सीडीएमएका ग्राहकले प्याक खरिद गरे पछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने बताइएको छ प्याकको २५ रुपैयाँ पर्ने पनि बिज्ञप्तीमा उल्लेख छ ।

आजदेखि देखि आगामी मंगलबारसम्म खरिद गर्न सकिने उक्त प्याक चलाउने अवधि सकिएपछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने छ भने एक पटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

Loading...