fbpx

उद्घाटन खेलमा एपिएफलाई हराउँदै मनाङ विजयी

हेटौंडा – तेस्रो हेटौंडा गोल्डकप –२०७४ को उद्घाटन खेलमा एपिएफलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले आफ्नो विजयी सुरुवात गरेको छ ।

हेटौंडाको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको हेटौंडा गोल्डकपको उद्घाटन खेलमा मनाङको लागि खेलको २८ औं मिनेटमा सुजल श्रेष्ठले गरेका पेनाल्टीनै निर्णायक गोल हुन पुग्यो ।

एपिएफका सुरज गुरुङले मनाङका विदेशी खेलाडी भिक्टरलाई डि बक्स भित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । जितसँगै मनाङ सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफदी म्याच मनाङका अन्जन विष्ट चुनिए ।

मनाङ सिजनको तेस्रो उपाधी जित्ने होडमा रहेको छ । मनाङले यसअघी चितवनमा जेसिज कप र दुहवी गोल्डकप उपाधी जितिसकेको छ ।

यस प्रतियोगिताको विजेताले नगद ५ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

Loading...