fbpx

शीर्ष दुई टोलीबीच उपाधिका लागि भिडन्त हुने

कोशी अनलाइन
फागुन ५, मोरङ, विराटनगरमा जारी प्रथम विध्यालयस्तरीय भलिबल लिग च्याम्पिनसिप पुरुष भलिबल प्रतियोगितामा सगरमाथा सेकेण्डरी स्कुल र बिकेभिएम स्कुल फाइनलमा प्रवेश गरेका छन् । विराटनगरमा शनिबार भएको सेमिफाइनल खेलमा विजयी हुँदै बिकेभिएम र सगरमाथा फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा बिकेभिएमले मोडन एरा स्कुललाई २५–१६, २५–२१, १६–२५ र २५–१७ को सेटले पराजित गर्यो । दोस्रो खेलमा सगरमाथाले अरनिको स्कुललाई २५–११, २५–१६ र २५–२३ को सोझो सेटले स्तब्ध बनाएको छ । आगामी सोमबार प्रतियोगिताका दुवै विजेता टोलीबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Loading...