fbpx

धरान रनमा तीर्थ पुनको ह्याट्रिक

कोशी अनलाइन,फागुन ५
देशकै सबै भन्दा बढी धावकहरु सहभागि रहेको धरान रन छैठौ नेवा च्यारिटी एट के रनको खुल्ला प्रतिष्पर्धामा भारतीय

सेनामा कार्यरत बाग्लुङका धावक तीर्थ पुन प्रथम भएका छन् ।

पुन धरान रनको चौथो संस्करण देखि निरन्तर प्रथम हुँदै आएका छन् । उनले शनिबार धरानमा आयोजित ८ किलोमिटर रनको दुरी २६ मिनेट ४६ सेकेण्डमा पुरा गरेर प्रथम भए भने नेपाली सेनाका हरि रिमाल २७ मिनेट १२ सेकेण्डमा दुरी पार

दोस्रो सेनाकै टिकाराम कटुवाल २७ मिनेट १३ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए ।

यसैगरि, महिला खुला तर्फ ३१ मिनेट ४८ सेकेण्डमा ८ किलोमिटर दुरी पार गर्दै कान्छीमाया कोजु प्रथम, सन्तोषि श्रेष्ठ दोस्रो र फुलमणी राणा तेस्रो भए । खुला पुरुष तथा महिला तर्फका प्रथम, दोस्रो र तेस्रो विजेता खेलाडीहरुले क्रमशः नगद ४० हजार, ३० हजार र २० हजार सहित मेडल प्रदान गरिएको छ ।

२५ सय धावकहरु सहभागि रहेको प्रतियोगितामा १६ बर्षमुनिको उमेर समुहको पुरुषतर्फ जुम्लाका प्रकाश कठायत प्रथम, समिर मेहरा दोस्रो, नारायण कुमार तेस्रो भए भने महिला तर्फ सिर्जना राई प्रथम, अमृता भण्डारी दोस्रो र बन्दना बुढा तेस्रो भए ।

यस्तै, ४० बर्ष माथिको भेट्रान पुरुषतर्फ निर्मल राई प्रथम मोहन सुब्बा दोस्रो र राम तामाङ तेस्रो भए भने महिलातर्फ रिता राई प्रथम, गंगा गुरुङ दोस्रो र धनमाया योङहाङ तेस्रो भईन । खुला बाहेकका उमेर समुहमा प्रथम, दोस्रो र तेस्रो स्थान विजेता खेलाडीहरुले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार सहित मेडल प्रदान गरिएको छ ।

पुरस्कार वितरण समारोहमा एभरेस्ट दौड प्रतियोगिताको ३ पटकको विजेता तथा म्याराथुनमा गिनिज बुक अफ रेकर्डमा नाम लेखाउन सफल धावन हरि रोकायालाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रमकै अवसरमा धरान रनले प्रत्येक हप्ता आयोजना गर्दै आएको रनमा ५२ हप्ता निरन्तर दौडदै आएका शिवानी देव र सुप्रभात राईलाई मायाको चिनो सहित जनही एक जोर जुत्ता प्रदान गरिएको छ ।

कार्यक्रमको समापनमा ७ औं धरान रन नेवा च्यारिटी १० किलोमिटर रन हुने भएको संस्थापक अध्यक्ष सन्तोष राईले बताए ।

प्रतिक्रिया

Loading...