fbpx

३६ वर्षीय रोजर फेडररले राखे यस्तो किर्तिमान

फागुन ५ – चर्चित स्विस टेनिस खेलाडी रोजर फेडररले टेनिस इतिहासमा अर्को कीर्तिमान बनाएका छन् ।

नेदरल्याण्ड्सको रोटेरडम टेनिसको सेमिफाइनलमा पुग्दै फेडरर विश्व वरियताको शीर्ष स्थानमा उक्लने सबै भन्दा बढी उमेरको खेलाडी बनेका हुन्।
रोटेरडममा भएको खेलमा फेडररले घरेलु खेलाडी रोविन हासेलाई दुई एकको सेटमा पराजित गर्दै सेमिफाइलनमा स्थान बनाए ।

वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको उपाधि जित्दै करियरमा २०औँ ग्राण्डस्लाम हात पारेका फेडरर पुनः २०१२ पछि टेनिस वरियताको पहिलो नम्बरमा उक्लिएका छन ।

साथै उनले सबैभन्दा बढी उमेरमा टेनिस वरियताको शीर्ष स्थानमा उक्लने कीर्तिमान पनि बनाएका छन । फेडरर ३६ वर्ष एक सय ९५ दिनमा टेनिस वरियताको पहिलो स्थानमा उक्लेका हुन ।

यसअघि अमेरीकी पूर्व खेलाडी आन्द्रे आगासी २००३ मा ३३ वर्षको उमेरमा हुँदा विश्व वरियताको शीर्ष स्थानमा रहेका थिए । फेडररले २०१६ मा हुँदा चोटका कारण ६ महिना मैदानबाहिर रहेका थिए । त्यसपछि उनले पाँचमध्ये ३ वटा ग्राण्डस्लामको उपाधि जितेका थिए ।

प्रतिक्रिया

Loading...