fbpx

हल सिटि बिरुद्ध चेल्सीको आक्रामक जित

लन्डन (एजेन्सी) – इंग्लिस एफए कप अन्तर्गत शुक्रबार चेल्सीले तल्लो श्रेणीको क्लब हल सिटीलाई ४-० ले पराजित गरेको छ ।

खेलको दोस्रो मिनेटमै खाता खोल्दै पहिलो हाफमा चार गोल गरेको चेल्सीले दोस्रो हाफमा कुनै गोल थप्न सकेन । विलियनले सुरुवाती अग्रता दिलाएको २५ मिनेटमा पेड्रोले अग्रता दोब्बर पारे ।

त्यस लगत्तै विलियनले व्यक्तिगत दोस्रो गोल गरेर खेलमा चेल्सीको अग्रतालाई कायम गरे ।

४१ अौं मिनेटमा अोलिभिएर जिरुडले एमरसनको पासमा चौथो गोल गरेपछि चेल्सीले चार गोलको अग्रता लिएको थियो ।

अन्य भन्दा सहज खेल भएका कारण प्रशिक्षक एन्टोनियो कोन्टेले ठूला खेलाडीलाई विश्राम दिएका थिए ।

प्रतिक्रिया

Loading...