प्रेम दिवसको बिरोधमा गधा र कुकुरको बिहे गरेपछि…

प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे बारे कोही पक्षमा त कोही बिपक्षमा बोलेका हुन्छन् । समाजिक सञ्जालमा पनि तपाईले देख्नु भयो होला, कसैले पक्षमा र कसैले बिपक्षमा आ–आफ्नै तर्क प्रस्तुत गरेका थिए । तर प्रेम दिवसको बिरुद्धमा एउटा अनौठो घटना सार्वजनिक भएको छ ।

भारतको चेन्नईमा भ्यालेन्टाइन डेको विरोध स्वरुप गधा र कुकुरको बिहे गरिएको छ । समाचारमा जनाईए अनुसार भारत हिन्दू फ्रन्ट नामक समूहले यस्तो अनौठो विरोध कार्यक्रमको आयोजना गरेको हो ।

गधा र कुकुरको बिहे गराएर प्रेम दिवसको विरोध गर्ने व्यक्तिहरुलाई पुलिसले पक्राउ गरेको समाचारमा जनाईएको छ । बिरोध गर्नेहरुले कुकुर र गधालाई फूलमाला लगाइदिएर सडकमा ल्याएर बिहे गरे भने प्रणय दिवसको विरोधमा नाराबाजी पनि गरे ।

प्रतिक्रिया

Loading...