fbpx

सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता बुटवलमा आयोजना हुने

४ फागुन – बुटवलमा नेपालकै सबैभन्दा धेरै धनराशि भएको नक आउट फूटबल प्रतियोगिता हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नम्बर–५ कमिटीले यहि फागुन २८ गतेदेखि १५ लाख रूपैयाँ प्रथम राशीको तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । कमिटीले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी दिएको थियो । १५ लाख रूपैयाँ पुरस्कार राशीको यो पहिलो फुटबल प्रतियोगिता भएको आयोजकको दावी छ ।

कमिटीका अध्यक्ष नरबहादुर घर्तीले खेल अवधिभर प्रतिखेलाडी ३ लाख रूपैयाँको बिमा समेत गरिएको जानकारी दिए । प्रतियोगिता बुटवल–१० रामनगरस्थित मानवज्ञान माविको खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा मनाङ मर्स्याङदी, थी्र स्टार, नेपाल पुलिस क्लब, नेपाली सेना, सशस्त्र प्रहरी, साहारा पोखरा, झापा–११, सुदुर पश्चिम, मदन भण्डारी स्पोर्टस् एकेडेमी र सुनौलो संगल टिम सहभागी हुने कमिटीका केन्द्रीय उपाध्यक्ष धु्रव आचार्यले जानकारी दिए । प्रतियोगितामा द्वितीय हुने टिमले ७ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने टिमले १÷१ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता चैत ७ गतेसम्म चल्ने प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने कमिटीका सचिव मेघराज भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Loading...