fbpx

स्पोर्ट्स मिट सम्पन्न, विजेता पुरस्कृत


कोशी अनलाइन
फागुन ४, मोरङ, विराटनगर ५ मा रहेको अन्नपुर्ण एकाडेमी स्कुलमा स्पोर्ट्स मिट सम्पन्न भएको छ । मङ्गलबारदेखि सुरु भएको स्पोर्टस मिटमा टेबलटेनिस, ब्याडमिन्टन, चम्चा दौड, बोरा दौड, भलिबल, पेन्सिल रिले, धागो सिलाइ प्रतियोगिता, फुटबल, जुस रेस र जुत्ताको लेस छिराउने प्रतिस्पर्धाजस्ता रोचक खेलहरू समावेश रहेको स्कुलका प्रिन्सिपल अमिस रेग्मीले बताए ।

सोही अवसरमा सफ्टटेनिसका राष्ट्रिय खेलाडी यूकेश योञ्जन र अभिषेक कार्कीलाई स्कुलले सम्मान गरेको छ । उनाीहरूलाई पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले सम्मान गरेका थिए । विजेता खेलाडीहरूलाई पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष नगरकोटी, मोरङ खेलकुद विकास समितिका कोषाध्यक्ष सुयस गौतम, सफ्टटेनिस संघ मोरङका अध्यक्ष श्याम लामा,सफ्टटेनिसका राष्ट्रिय प्रशिक्षक राजेश बोहरा र स्कुलका प्रिन्सिपल अमिस रेग्मीलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

प्रतिक्रिया

Loading...