चार विध्यालय च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश


कोशी अनलाइन
फागुन ४, मोरङ, विराटनगरमा जारी प्रथम विध्यालयस्तरीय भलिबल लिग च्याम्पिनसिप पुरुष भलिबल प्रतियोगितामा विराटनरका चार वटा स्कूल विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् । विराटनगरमा शुक्रबार भएको खेलमा अरनिको, मोर्डन एरा, बिकेभिएम र सगरमाथा स्कूल विजयी सेमिफाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताको पहिलो खेलमा अरनिकोले कान्तिपुरलाई २६–२४ र २५–२३ को सोझो सेटले पराजित गर्यो ।

दोस्रो खेलमा मोर्डन एराले लर्डबुद्धलाई २९–२७ र २५–१६ को सोझो सेटले हरायो । तेस्रो खेलमा बिकेभिएमले ग्रेडेडलाई २५–११ र २५–१३ को सोझो सेटले पराजित गर्यो भने अन्तिम खेलमा सगरमाथाले जेम्स इन्टरनेशनलाई २५–८ र २५–१६ को सोझो सेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको शनिबार हुने पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा र बिकेभिएम स्कुल तथा दोस्रो खेलमा सगरमाथा र अरनिको स्कुलबीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक इन्द्र राईले जानकारी दिए ।

प्रतिक्रिया

Loading...