fbpx

मल्टिपल लायन्स फेस्टिबल भब्य हुनेछ : हरि बहादुर श्रेष्ठ

लायन्स क्लबहरु सामाजिक संस्था हुन । उनिहरुले समाज सेवा गर्दै राष्ट्रको उन्नतीमा टेवा पु्र्यादै आएका छन । उनिहरुले समाज सेवा बाहेक अरु काम गर्दैनन् । लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ ए १ को आयोजनामा विराटनगरको दिल्ली पब्लीक स्कुलको प्राङगणमा फागुन ५ गते भव्य रुपमा एक दिने तेस्रो मल्टीपल लायन्स फेस्टिबलको अयोजना गर्ने तयारी गरेको छ । किन र केकालागी यो फेस्टिबलको आयोजना गरीएको हो भन्ने बारे फेस्टीबल चिफ हरि बहादुर श्रेष्ठ संग कोशी अनलाइनकर्मी गोपाल पोख्रेलले गरेको कुराकानीको सार:

१. विराटनगर मै फेस्टीबलको आवाश्यकता किन देख्नु भयो ?

विराटनगर प्रदेश न १ को राजधानी हो । लायन्सको जन्मथलो विराटनगर हो । नेपालमा ई.स १९७१ मा पुर्व प्रधानमन्त्री स्व. मातृका प्रसाद कोईरालाको अध्यक्षतामा विराटनगर लायन्सक्लब गठन भएको थियो । जुन क्लब नेपालकै ईतिहासको पहिलो लायन्सक्लब हो । विराटनगर देशकै औद्योगिक र ऐतिहासीक शहरको रुपमा परिचित छ । जुन सहरले ७ जना प्रधानमन्त्री जन्माई सकेको छ । त्यसैले तेस्रो मल्टीपल लायन्स फेस्टिबलको अयोजना गर्ने आवश्यकता देखेका हौ ।

२. कती मानिस सहभागि होलान ? उनिहरुको ब्यवस्थापन कसरी गर्नुभएको छ ?

पाँच हजार लायन्सका सदस्यहरुको सहभागिता रहने छ । उनिहरुलाई विराटनगरका होटलहरुमा २ हजार ५ सय, दुहबी, ईटहरी र भेडेटारका होटलहरुमा समेत बास बस्ने र खानपानको ब्यवस्था मिलाएका छौ । यसमा कुनै त्यसको समस्या हुने छैन ।

हामीले होटल व्यवसायमा संलग्न लायन्स क्लबकै सदस्य राजन श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समीती गठन गरेका छौ । उहाँसंग कुन होटलमा कती आट्छन भनेर योजना बनाई रहेका छौ । सहभागी लायन्स कर्मीहरुलाई यदी होटलमा समेत बास बस्न नपुगेको अवस्थामा विराटनगरमा भएका लायन्सका साथीहरुले १ जना लायन्सको सदस्यलाई आफ्नै घरमा समेत लगेर बास गाँसको प्रबन्ध गर्ने योजना बनाएका छौ ।

३. यो मल्टीपल फेस्टिबलमा कुन-कुन लायन्स क्लबको सहभागिता रहने छ ?

फेस्टिबलमा डिस्ट्रक ३२५ बि २, ३२५ बि १, ३२५ बि १ र ३२५ ए २ ले सहभागिता जनाउनेछन । यी क्लबहरुको सहभागिता जनाउनु भनेको यिनीहरुका सबै सदस्यहरुको सहभागिता हो भन्ने बुझ्नु पर्छ । अर्थात यो चार लायन्स डिस्ट्रीक क्लबका ५ हजार सदस्यहरुको सहभागिता हुने छ । योमल्टीपल फेस्टीबल तेस्रो हो । पहिलो ३२५ बि२ले चितवनको सौराहामा गरेको थियो । दोस्रो ३२५ बि १ ले पोखरामा अयोजना गरेको थियो । अहिले ३२५ ए १ ले विराटनगरमा गर्दै छ ।

४. मल्टी फेसटीबलको आयोजना गर्नुको उद्देश्य के हो ?

देशका विभिन्न ठाउमा छरीएर रहनुभएका लायन्सकर्मी साथीभाईहरु संगको भेटघाट, कुराकानी, समाज सेवाका विषयमा एक आपसका कुराकानी साटासाट, स्थानीय ब्यापार ब्यवसायको प्रबद्धन, पर्यटन प्रबद्धन गर्ने उद्देश्य हो ।

५. फेस्टिबलको दिन के के कार्यक्रम हुन्छ ?

नेपालको लायन्स क्लबका पुर्व जन्मदाता मातृका प्रसाद कोईराला र गिरीजाप्रसाद कोईरालाले अध्यन गरेको विद्यालय श्री आदर्श माध्यामिक विद्यालयको प्राङगणबाट उहाँको घरअगाडी हुदै लायन्सपरेड विभिन्न झाँकीहरु र चारवटै डिस्ट्रिकका लायन्सहरु सहित बजारपरिक्रमा गरि विराटनगर स्थित दिल्ली पब्लिक स्कुलको प्रङगणमा विभिन्न कार्यक्रमहरु आयोजना हुने छन । त्यसपछी राष्ट्रिय गायक सुमित खड्काको प्रस्तुती रहेनछ । स्थानीय स्कुलका विद्यार्थीहरुको नृत्यहरुको प्रस्तुती रहेनछन । र अन्य मानोरञ्जनात्मक कार्यक्रम रहने छन ।

६. फेस्टिबल सम्पन्न गर्न रकम कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

एउटा लायन्सको सदस्यले कार्यक्रम स्थलमा र्छिनै रु ५ सयको पास लिनुपर्छ त्यो ५ हजार मान्छेले लिन्छन । अर्काे कुरा विभिन्न स्पोन्सरहरु छन । जस्तै कन्काई सप्लायर्स, पिएलओ लुब्रीकेन्ट, महालक्ष्मी केबल, फोर्स गाडी, सृजना फाईनान्स, अन्नपुर्ण पाईनान्सको समेत आर्थिक सहयोग रहेको छ ।

अर्काे कुरा हामी खल्तीबाट निकालेर समाज सेवा गरिरहेका छौ । यो कुनै नाफा मुलक संस्था हैन सेवा मुलक संस्था हो ।

७. लायन्सले चाँहि के काम गर्छ पठकलाई भनिदिनुस न ?

लायन्सले आँखाको परिक्षण, उपचार गर्दै आएको छ । त्यो बाहेक दैविक बिपत्तीमा परेकाहरुलाई राहात बितरण, स्वास्थ्य चेकजाँच गर्ने, जस्तै भुकम्प गएको बेलामा पिडीतहरुलाई राहात उपलब्ध गराउने, बाढीले बस्ती डुबाएको बेला राहात उपलब्ध गराउने र स्वास्थ्य परिक्षण गराउने काम गर्दै आएको छ । त्यसैगरी जाडोको समयमा विभिन्नहरुलाई न्यानो लाउने लुगा, कम्मल बितरण गर्दै आएको छ । त्यो बाहेक समाजमा रहेका विपन्न गरिब, पिछडीएका समुदायको स्वास्थ्य परिक्षण लगायतका कार्यक्रम गर्दै आएका छौ ।

प्रतिक्रिया

Loading...