fbpx

वर्ल्डकप क्वालिफायर : नेपालले जिम्वावेसँग पहिलो खेल खेल्ने

फागुन ४
अर्को महिना देखि जिम्वावेमा हुने आइसीसी वान डे वर्ल्ड कप क्वालिफायरमा नेपालले घरेलु टोली जिम्वावेसँग पहिलो खेल खेल्दै प्रतियोगिता सुरु गर्ने भएको छ ।

डिभिजन टू को उपविजेता बनेपछि समूह बी मा परेको नेपालले मार्च ४ तारिखका दिन जिम्वावेसँग पहिलो खेल खेल्ने पक्का भएको हो । उक्त खेल अघि नेपालले फेब्रुअरी २७ मा युएईसँग तथा मार्च १ मा हङकङसँग वार्म अफ म्याच खेल्ने छ।

पहिलो खेलको लगत्तै नेपालले वर्ल्डकप क्वालिफायरको दोस्रो खेल मार्च ८ मा स्कटल्याण्डसँग, तेस्रो खेल मार्च १० मा अफगानिस्तानसँग तथा चौथो खेल मार्च १२ मा हङकङसँग खेल्नेछ।

वर्ल्ड कप क्वालिफायर खेल्ने १० देश मध्ये नेपाल, हङकङ र पुपुवा न्युगिनीले अहिलेसम्म वर्ल्डकप खेलेका छैनन्।

प्रतिक्रिया

Loading...