विराटनगरमा अत्याधुनिक सपिङ मल बन्दै, तीन महिनामा संचालनमा आउने

विराटनगर। झण्डै एक अर्बको लगानीमा विराटनगरमा अत्याधुनिक सपिङ मल बन्दै छ ।

विशाल ग्रुप, देवेनरा मुन्दडा र विराटनगरको हाइलाइफ समूहको लगानी रहेको मल अबको तीन महिनाभित्र संचालनमा आउने तयारीमा रहेको छ। बढ्दो शहरीकरणलार्इ ध्यान दिएर संचालनमा ल्याउन लगिएको मलमा मंगलबारदेखि कोठा बुकिङ खुल्ला गरिएको संचालक प्रकाश मुन्दडाले बताए ।

भुइँतलाको बहाल प्रति वर्ग फिट१ सय ७५ र पहिलो तलाको १ सय ४० रुपैयाँ रहेको उनले बताए।मल तयार हुँदा जमिनको मूल्यसहित ८० करोड लगानी पुग्ने मुन्दडाले जानकारी दिए । तीन महिनाभित्रमा मल सञ्चालनमा ल्याइसक्ने लक्ष्यका साथ निर्माणको काम अघि बढाइएको उनले बताए।महानगरपालिकाको मेनरोडमा रहेको अतिथि सदनदेखि १ सय मिटर उत्तरमा रहेको १६ कट्ठा जमिनमा बनाइँदै गरेको २५ हजार वर्ग फिटको मलमा १ सय १० पसल हुनेछन् ।

तत्काल ७५ वटा चार पाँग्रे र १ सय ५० मोटरसाइकलका लागि अन्डरग्राउन्ड पार्किङको व्यवस्तासमेत भएको मलमा पछि यसको क्षमता दोब्बर बनाएर १ सय ५० गाडी र ३ सय मोटरसाइकल अट्ने स्थान बनाइने सञ्चालक मुन्दडाले बताए। मलले दोस्रो तलामा २ सय ५०/२ सय ५० सिट क्षमताका दुई मल्टिप्लेक्स र एक रेस्टुरेन्ट सञ्चालन गर्ने तयारी गरेको छ । त्यसै गरि दोस्रो तलामै सैलुन, स्पा र शारीरिक फिटनेस सेन्टर समेत समावेस गरिने भएको छ ।

‘मनोरञ्जन, किनमेल, भोजन र तन्दुरुस्तीका लागि एउटै थलो’ भत्रे उद्देश्यका साथ सञ्चालनमा ल्याइन लागेको मलमा बालबालिकाका लागि छुट्टै खेल्ने ठाउँ पनि हुनेछ।

प्रतिक्रिया

Loading...