जहाँ जमिन नहुँदा लास गाडेकै चिहान माथि अर्को लास गाडिन्छ

मरिसकेपछि पनि लास गाड्नको लागि सानो टुक्रा जमिन पनि नपाउनु साच्चिकै पिडादायक हुन्छ । बंगलादेशको राजधानी ढाकामा यस्तै पिडामा छन् नागरिक । जनधनत्व नै अधिक भएपछि त्यहाँ लासका लागि कुनैप्नि ठाउँ खाली छैन ।

एउटा लास गाडिएको ठाउँमा केही समयको अन्तरालमै अर्को शव गाडिन्छ । ढाकामा शव गाड्नको लागि एउटा नियम लगाईएको छ । त्यो नियम हो, कुनै पनि मानिसको लास गाडेको चिहान अस्थायी हुन्छ र त्यहाँ दुई वर्षपछि पुनः अर्को शव गाडिन्छ ।

आफ्नो मृतक परिवारजनको चिहान खनेर अर्कैको लास गाडिँदा उनीहरुको मन कति पोल्दो हो होला ? एउटा अचम्मको कुरो के छ भने, त्यहाँ कुनै
पनि चिहानको छेउँमा एक बोर्ड हुन्छ र त्यहाँ उक्त चिहानमा अहिलेसम्म कुन कुन व्यक्तिको लास गाडिएको छ भन्ने लेखिएको हुन्छ ।

प्रतिक्रिया

Loading...