अपराधी पत्ता लागाउने स्मार्ट चश्मा आयो

अब चश्माले अपराधी पत्ता लाग्ने भएका छन् । चीनमा त्यहाँका प्रहरीहरुले अपराधी पहिचान गर्नसक्ने स्मार्ट चश्मा लगाउन सुरु गरेका छन् ।

हाइटेक फेस रिकग्निसन प्रविधियुक्त खुफिया क्यामरा भएको चश्मा प्रहरीलाई प्रदान गरिन थालेको छ । यो चश्माको मद्धतले प्रहरीलाई कसूरदार पहिचान गर्न तथा पक्रिन सहयोग पुग्ने समाचारमा जनाईएको छ ।

चीनमा यस्तो चश्माको सहयोगबाट प्रहरीले कम्तिमा पनि ७ जना अपराधी पक्राउ गर्न सफल भएको समेत चीनियाँ समाचार संस्थाले जनाएको छ ।
झियांगसू प्रान्तको सेन्ट्रल रेल स्टेसनमा केही प्रहरीहरु यो हाइटेक चश्मा लगाएर गस्तीमा खटिने गरेका छन् ।

स्मार्ट चश्मामा रहेको फेसियल रिकग्निसन प्रविधिले मानिसको अनुहार स्क्यान गर्दछ । जसलाई कम्प्युटर डाटाबेससँग जोडिएको छ । यो चश्मा लगाएको पुलिसको आँखामा पर्ने व्यक्तिको अनुहार पुलिसको रेकर्डमा रहेका हरेक अपराधीको अनुहारसँग रुजू गर्दछ । यदि कुनै अपराधीसँग मेल खाएमा त्यसको तत्कालै सम्ब्न्धित प्रहरीले जानकारी प्राप्त गर्ने छ र तत्कालै उक्त व्यक्तिलाई पक्राउ गर्नसहज हुनेछ ।

प्रतिक्रिया

Loading...