माइक्रोम्याक्सका फोन किन्न सुरुमा पैसा नचाहिने

फागुन २
भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सको क्यानभास इन्फिनीटी फोन सुरुमा एक रुपैयाँ पनि नबुझाएर किस्ताबन्दीमा किन्न पाइने भएको छ।

नेपालका लागि आधिकारीक बिक्रेता पशुपति ट्रेड लिकसँगको सहकार्यमा सुन्धारास्थित इजी मोबाइल केयरले माइक्रोम्याक्स क्यानभास इन्फिनीटी किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ ।

यो योजनामा माइक्रोम्याक्सका सबै मोडलका फोनहरु ० प्रतिशत डाउन पेमेन्टमा बिना ब्याज खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ। किस्ताबन्दीको अवधी ६, १२ र १८ महिना रहने छ ।

यो सेवा इजी मोबाइल केयरको स्टोर न्यूरोड ताम्राकार मोबाइल कम्पेल्क्सको पाँचौ तला र सिटिसि मलको चौथो तलामा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

Loading...