झिँगाबाट सर्न थाल्यो डरलाग्दो परजीवी, महिलाको आँखाबाट निकालियो १४ किरा

झिँगालाई अहिले सम्म हामीले सामान्य ठान्ने गरेका छौँ । तर अब भने झिँगादेखी डराउनु पर्ने भएको छ । यसले ब्याक्टेरीया तथा भारईरल सार्ने कुरा त सबैलाई थाहा नै छ तर झिँगाले ब्याक्टेरिया तथा यसले घातक परजीवीहरु पनि मानिसमा सार्ने तथ्य वैज्ञानिकहरुले पहिलोपटक पत्ता लगाएका छन् ।

 

अमेरिकामा २६ वर्षीया एक महिलाको आँखाबाट १४ वटा किरा निकालिएपछि शोधकर्ताहले नयाँ तथ्य पत्ता लगाएका हुन् ।

एब्बी बेक्ली नाम भएकी ती महिलाको आँखाबाट नयाँ खालका किरा वैज्ञानिकहरुले निकाले । अमेरिका तथा क्यानडामा गाइवस्तुमा देखिने गरेका थेलाजिया गुलोसा प्रजातिका उक्त परजिवीहरु मान्छेमा पहिलो पटक एब्बी नाम भएकी ती महिलामा फेला परेका हुन् ।

जनावरको आँखाबाट निस्कने आँशु खाने गरेका फेस फ्लाइज नामक झिँगाले उक्त परजिवी सार्ने गरेको शोधकर्ताहरुल बताएका छ । आँखा चिलाएपछि डाक्टर समक्ष् पुगेकी एब्बीको आँखाबाट डाक्टरहरुले झिँगाले सार्ने परजिवी निकाल्न सफल भएको समाचारमा जनाईएको छ । यस्तै खालका किराहरु बिरालो तथा कुकुरका आँखामा पाइने गरिएको छ ।

प्रतिक्रिया

Loading...