खेतमा सन्नी लियोनिको तस्विर राखे यी कृषकले, भयो यस्तो फाइदा

काठमाडौं, २ फागुन — भारतको आन्ध्र प्रदेशमा एक किसानले आफ्नो खेतमा बिकिनी लगाएकी सन्नी लियोनको पोस्टर राखेका छन् ।

उनको यो कार्यपछि पोस्टरका बारेमा खुबै हल्लाखल्ला मचिएको छ ।

पोस्टर लगाएदेखि आफ्नो फसल राम्रो भएको किसानको दाबी छ । नेल्लोर जिल्लाको बान्दाकिन्दीपल्ली गाउँका किसान ए चेंचू रेड्डीले फसल बर्बाद हुनबाट बचाउनका लागि पोस्टर लगाएको उनी बताउँछन् ।

पोस्टरमा तेलुगु भाषामा लेखिएको छ, ‘मेरो डाह नगर ।’

सन्नीको पोस्टर लगाएपछि मानिसहरूले त्यही पोस्टर हेर्ने अनि फसलमाथि कुदृष्टि नलागेको उनको भनाइ छ ।

आफ्नो खेत सडकछेउमै भएकाले आउनेजाने मानिसले खेतको फसलमा आँखा लगाइदिएर बर्बाद गरिदिएको उनी बताउँछन् । उनले आँखा नलागोस् भनी अनेकौं जादूटुना गरेको भएपनि काम लागेन ।

त्यसपछि उनको साथीले सन्नीको तस्वीर राख्न लगाए । त्यसपछि त मानिसहरू सन्नीलाई हेर्न थाले, फसलतिर ध्यान दिनै छोडे ।

एजेन्सी

प्रतिक्रिया

Loading...