अन्तरिक्षमा ३ देशबीच ब्याडमिन्टन खेलियो‘(भिडियोसहित)

अन्तरिक्षमा ब्याटमिन्टन खेलेको भनेर सुन्दा अचम्म लाग्यो होला । तर यो सत्य हो । हालै मात्र अन्तरीक्षमा ब्याडमिन्टन खेलिएको छ । खेलमा भाग लिएर खेलेका खेलाडीहरुले हावामा उडेर ब्याडमिन्टन खेलेको भिडियो भाईरल बनेको छ ।

अन्तरीक्षमा पहिलोपटक स्पेस ब्याडमिन्टन प्रतियोगिताको आयोजना भएको छ । अन्तरीक्षको शून्य गुरुत्वाकर्षणमा अन्तरीक्षमा पहिलोपटक स्पेस ब्याडमिन्टन प्रतियोगिता भएको हो । उक्त खेलमा ४ जना अन्तरीक्षयात्रीले ब्याडमिन्टनको डबल्स म्याच खेलेका थिए ।

सो खेलमा अमेरिका, रुस र जापानका अन्तरीक्षयात्री नै खेलाडिको रुपमा सहभागी भएका थिए । नासाका जोसेफ अकासा, जापानी स्पेस एजेन्सीका नारिशिंगे कनाई, तथा रुसी स्पेस एजेन्सीका अलेक्जेन्डर मिसुरकिन र एन्टन शकाप्लेरोभले उक्त खेल खेलेका हुन् । गत जनवरी १ मा उक्त खेल भएको समाचारमा जनाईएको छ ।

प्रतिक्रिया

Loading...