महाशिवरात्रिको अघिल्लो दिन पशुपतीमा यस्तो चहलपहल

 

हिन्दूहरुको प्रमुख चाड मध्ये एक महाशिवरात्रीको अघिल्लो दिन पशुपति परिसरमा शिव भक्त तथा बाबाहरुको भिड सुरु भइसकेको छ। शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्वका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने गर्छन्। महाशिवरात्रीको अवसरमा निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन गर्नु शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्।

प्रतिक्रिया

Loading...