एक दर्जन पूर्वशिक्षक सम्मानित 

गोपाल पोख्रेल
माघ २८, मोरङ, विराटनगर- ८ स्थित महेन्द्र माध्यमिक विध्यालयका एक दर्जन पूर्वश्क्षिकहरूलाई सम्मान गरिएको छ । २०५६ सालमा प्रवेशिका परीक्षा पास गरेका विध्यार्थीले एक कार्यक्रमको आयोजना गरी पूर्वशिक्षकहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुने शिक्षकहरूमा व्युटि श्रेष्ठ, बिहारीचरण खतिवडा, बलराम पोखरेल, नारायणी प्रधान , एकराज खतिवडा , देवी वली , खगेन्द्र घिमिरे, चन्दन तालुकदार, प्रेमप्रसाद निरौला बिन्दा न्यौपाने, टिका घिमिरे, चुणा भट्टराई र गंगा आचार्य रहेका छन् ।

उनीहरूलाई कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका पूर्वसचिव पिताम्बार दाहालले खादा तथा प्रमाणपत्र प्रदान गरेर सम्मानित गरे । दाहालले पूर्वशिक्षकहरूको योगदानको चर्चा गर्दै राष्ट्र र जनताका लागि काम गरेका पूर्वशिक्षकहरू शिक्षा क्षेत्रमा सँधै सम्मानित रहने बताए ।

प्रतिक्रिया

Loading...