पेटभित्र ड्रग्स लुकाएर २० दिन सम्म पनि दिसा गर्न नमानेपछि…

मानिसले कति दिन सम्म दिसा नगरीकनै बस्न सक्छ होला ? एक दिन, दुई दिन अथवा तीन दिन ? होइन्, एक जना मान्छेले २० दिन देखी दिसा गरेका छैनन् । दुई दिनमा दिसा नगर्दा त कति अप्ठेरो हुन्छ, तर २० दिन सम्म दिसा नगर्दा कस्तो होला ? कल्पना नै गर्न सकिन्न । बेलायतमा एकजना मानिसले भने २० दिनसम्म दिसा गरेका छैनन् ।

ती व्यक्तिले किन यति धेरै दिन सम्म दिसा गरेनन् त ? एउटा अनौठो कारण छ , त्यो हो, उनको पेटभित्र ड्रग्स छ । उनले दिसा गर्छन् र सो सँगै त्यो ड्रग्स बाहिर आउँछ भन्ने पुलिस आशमा बसेको छ । तर उनले दिसा नगर्ने अडान लिईरहेका छन् ।

उनी पुलिसको हिरासतमा छन् । उनले २० दिन देखी केही खाएका पनि छैनन् । पुलिसले दिएको खानेकुरा खान मानिरहेका छैनन् ।

उनलाई पुलिसले कडा निगरानीमा राखेको छ । एक दिन पक्कै दिशा गर्ने छन् र त्यो समात्ने छौँ भन्ने प्रहरीको आश छ । ती व्यक्तिको निरन्तर स्वास्थ्य परीक्षण पनि भैरहेको छ । तर तिनको नाम भने खुलाइएको छैन । बीबीसी

प्रतिक्रिया

Loading...