६ महिनामा २९ दशमलव ७३ प्रतिशत मात्र खर्च

 

कोशी अनलाइन
माघ २८, सुनसरी, धरान उपमहानगरपालिकाले चालु वर्षको ६ महिनामा २९ दशमलव ७३ प्रतिशत मात्र खर्च गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । जनप्रतिनिधि निर्वाचित भएपछिको पहिलो समिक्षा कार्यक्रममा पुस मसान्तसम्ममा ४६ करोड १२ लाख २० हजार ६ सय ७२ रुपैयाँ खर्च गरिएको जनाइएको छ । उपमहानगरपालिकाका अनुसार अनुमानित वार्षिक व्ययतर्फ १ अर्ब ५५ करोड १४ लाख ५ हजारमध्ये ६ महिनामा २९ दशमलव ७३ प्रतिशत मात्र खर्च भएको हो ।

६ महिनाको यथार्थ आयभन्दा २२ करोड २१ लाख २७ हजार ५ सय ५८ रुपैयाँ कम खर्च भएको छ । धरान उपमहानगरपालिकाका आर्थिक महाशाखा प्रमुख भेषराज अधिकारीका अनुसार पुँजी निर्माण खर्च २३ लाख तीन हजार नौ सय ९२ रहेको छ भने सार्वजनिक निर्माणमा ६ करोड ७६ लाख ५४ हजार सात सय ६ रुपैयाँ खर्च भएको छ । त्यसैगरी, सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ६ करोड ७८ लाख ७१ हजार रुपैयाँ खर्च देखिएको छ भने पुँजीगत सुधार अध्ययन तथा परामर्शतर्फ आठ लाख ७७ हजार सात सय ६५ रुपैयाँ र एकिकृत शहरी विकास आयोजनामा १३ करोड ४९ लाख ८७ हजार ४१ रुपैयाँ खर्च भएको छ । धरान उपमहानगरपालिकाले वार्षिक अनुमानित आयतर्फ १ अर्ब ५५ करोड १४ लाख ५ हजारमा ४४ प्रतिशत मात्र आय भएको छ ।

उपमहानगरपालिकाको ६ महिनाको यथार्थ आय ६८ करोड ३३ लाख ४८ हजार दुई सय २० रुपैयाँ रहेको छ । धरान उपमहानगरपालिकामा वित्तीय समानीकरण अनुदानबापतको ३० करोड ५९ लाख १६ हजार रुपैयाँ आएको छ भने नगरपालिका सशर्त अनुदान १० करोड ७८ लाख ५८ हजार ६ सय ६६ रुपैयाँ र सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ६ करोड ७९ लाख ७८ हजार रुपैयाँ आयतर्फ देखिएको छ । त्यस्तै, नगर विकास कोषबाट १६ लाख ४३ हजार तीन सय ६ रुपैयाँ र एकिकृत शहरी विकास आयोजनातर्फ नौ करोड ११ लाख ९५ हजार सात सय १३ रुपैयाँ आय भएको जनाएको छ ।

स्थानीय सरकार बनेपछि जनप्रतिनिधिहरूले असोज महिनामा मात्र बजेट पास गरिएकाले लक्ष्य अनुसारको खर्च गर्न नसकिएको आर्थिक महाशाखाका प्रमुख अधिकारीको भनाइ छ । उनले भने, ‘असोजमा पास भयो, दशैं-तिहारमा काम गर्न सकिएन, फेरि चुनाव पनि लाग्यो, त्यसैले खर्च भएन ।’

समिक्षामा पेश गरिएको वित्तीय प्रगति प्रतिवेदनका अनुसार पुँजीगत खर्चतर्फ लक्षित वर्गको कार्यक्रमहरूमा खर्च गर्न सकिएको छैन् । उपमहानगरपालिकाको सामाजिक शाखाअन्तर्गत रहेको बालबालिका लक्षित कार्यक्रममा ५ दशमलव ६९ प्रतिशत, महिला लक्षित कार्यक्रममा ० दशमलव ६९ प्रतिशत र अन्य लक्षित कार्यक्रममा ४ दशमलव ४८ प्रतिशत मात्रै खर्च भएको छ । जनप्रतिनिधि आएपछि

उपमहानगरपालिकाले पहिलो समिक्षामा देशको वर्तमान अवस्थामा धरानले पुस मसान्तसम्म हासिल गरेका उपलब्धि सन्तोषजनक देखिए पनि वार्षिक लक्ष्य पूरा गर्न तदारुकता देखाउनुपर्ने सुझाव दिएका छन् । जनप्रतिनिधिहरूमा योजनाको कमी हुँदा बजेट खर्च गर्न नसकिएको अर्थविज्ञ राजेन्द्र शर्माले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

Loading...