प्याब्सन मोरङको १४ औ जिल्ला साधारणसभा सकियो 

 
गोपाल पोख्रेल
कोशी अनलाइन
माघ २७, मोरङ, निजी तथा आवासीय विध्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको १४ औँ जिल्ला साधारणसभा रंगेलीमा सम्पन्न भएको छ । सो साधारणसभालाई सम्बोधन गर्दै प्याब्सनका केन्द्रीय अघ्यक्ष विजय सम्बाहाम्फेले राज्यले दोहोरो कानूनको नीति ल्याएर शिक्षा क्षेत्रलाई मारमा पार्न नहुने बताए ।

सो सभालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष शंकर थापा,महासचिव राजेन्द्र बानियाँ तथा सचिव आरपी कटुवालले शिक्षा क्षेत्रमा निजी विध्यालयहरूको संस्था प्याब्सनलाई पनि शिक्षा समितिमा राख्नुपर्ने धारणा राखे ।

सो साधारणसभालाई प्रदेशसभा सदस्य केदार कार्की,रंगेलीका मेयर दिलिप बगडिया,धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहलगायतले शुभकामना दिएका थिए ।मोरङ प्याब्सनका अध्यक्ष सुनिल पौडेलको सभापतित्वमा भएको सो सभाको बन्दसत्रमा कोषाध्यक्ष इन्द्र राईले आर्थिक प्रतिवेदन तथा सचिव राजेश आचार्यले मोरङ प्याब्सनको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया

Loading...