एउटा यस्तो हाटबजार, जहाँ तौलेर नोटका गड्डी बेच्ने गरिन्छ

तपाईले अहिले सम्म तौलेर सामान किनबेच भएको त देख्नु भएकै होला । तर हाटबजारमा नोटका गड्डी तौलेर बेचिन्छ भन्दा अचम्म मान्नु भयो होला । तर यो साँचो हो ।

संसारमा एउटा यस्तो हाटबजार छ, जहाँ पैसाले सामान किन्ने होइन की पैसा नै किन्न पाइन्छ । अझ रोचक कुरा त के भने, हाटबजारमा अरु सामानजस्तै गरी पैसा पनि तौल जोखेर किन्न पाईन्छ ।

सोमालील्याण्डमा यस्तो पैसाको हाटबजार लाग्दछ, जसले आफुलाई स्वतन्त्र राज्य घोषणा गरेको छ । सो राज्यको सडकमा नोटका बण्डलहरु किलोको भाउमा बेचिन्छ ।

सन् १९९१ को गृहयुद्ध पश्चात सोमालियबाट अलग भएको घोषणा गरेको यो देशलाई अहिलेसम्म कसैले पनि स्वतन्त्र राष्ट्रको मान्यता नदिएपनि यो स्वघोषित मुलुक गरिबीले पिरोलिएको छ । यो देशमा सरकारी व्यवस्था र रोजगारी केही पनि छैन् ।

यो देशको मुद्रालाई सिलिङ भनिन्छ । तर यहाँ कुनै मूल्य नै छैन । मुद्रास्फिति यति बढेर एउटा ब्रेड किन्नका लागि पनि बोराभरी पैसा तिर्नुपर्दछ ।

हाम्रो देश नेपालको झण्डै एक हजार रुपैयाँ बराबरको मूल्यमा त्यहाँ ५० किलो भन्दा धेरै सिलिङ किन्न सकिन्छ । तर त्यहाँ ५० किलो नोट दिँदा पनि खासै सामान आउँदैन् ।

प्रतिक्रिया

Loading...