जब हवाईजहाजभित्र  यात्रुले नांगै भएर तमासा देखाए…

समय समयमा बिभिन्न अनौरा तथा रोचक घटनाहरु सुन्नमा आईरहन्छन् । हालै मात्र अमेरिकाको सिएटलबाट एंकोरेजका लागि उडेको एउटा जहाज भित्र एक जना यात्रुले नाङ्गै  भएर तमासा देखाएपछि जहाज पुनः एंकोरेज विमानस्थलमै फिर्ता हुन बाध्य भएको छ ।

मध्य आकाशमा उडिरहेको अलास्का एयरलाइन्सको जहाजभित्र ती यात्रुले नांगिएर तमासा गरेपछि जहाजलाई उडान भरेकै विमानस्थलमा फिर्ता गर्नु प¥यो ।

उडिरहेको जहाजभित्र रहेको ती यात्रु जहाजको बाथरुममा छिरेर शरीरमा भएका सबै कपडा फुकालेर तमासा गर्न थालेका थिए ।

एयर होस्टेजहरुले ती यात्रु खुब सम्झाउने प्रयास गरे । कपडा लगाएर आफ्नो सिटमा गएर बस्नका लागि धेरैे पटक आग्रह गरेपनि उनले अस्विकार गरी नांगै उफ्रिन थाले ।

त्यसपछि पाइलटलाई उक्त परिस्थितिको जानकारी गराईएपछि पाइलटले जहाजलाई सिएटल लग्नुको साटो फर्काएर एंकोरेज ल्याउनु नै छिटो हुने ठानी जहाज मोडे र राती तीन बजे एंकोरेज विमानस्थलमा  अवतरण गराए ।

अवतरण पश्चात पुलिसले जहाजभित्रबाट ती व्यक्तिलाई बाहिर निकाल्यो । ती मानिसलाई बाहिर निकालेपछि साढे ६ बजे पाइलटले जहाजलाई पुनः सिएटल तर्फ उडान गरे ।

प्रतिक्रिया

Loading...