अब बिरुवाका पातबाट प्रकाश निस्कने, यसरी तयार गरिदैछ बिरुवा

धानुनिक युगमा बैज्ञानिकहरुले बिभिन्न आविस्कार गरिरहेका छन् । बिरुवाले हामीलाई बाँच्नको लागि अक्सिजन देनिे गरेको कुरा त हामीलाई थाहा नै थियो । अब रुखविरुवाले बत्तीझैँ बलेर प्रकाश पनि पनि दिने भएका छन् ।

बैज्ञानिकहरुले अब प्रकाश दिने बिरुवा अहिले तयार पारिरहेका छन् । अमेरिकाको म्यासाच्यूसेट्स विश्वविद्यालयको केमिकल इन्जिनियरिङका शोधकर्ताहरुले प्रकाश प्रदान गर्ने बिरुवा तयार गरिरहेका छन् ।

प्राध्यापक माइकल स्ट्रानो र उनको टोली प्रकाश निकाल्ने विरुवा उत्पादन गर्ने परियोजनामा काम गरिरहेको उल्लेख गरिएको छ ।

यसरी प्रकाश दिने विरुवा बनाउनको लागि उनीहरुले जुनकिरीको प्रयोग गरिरहेका छन् । जुनकिरीले लुसिफेरेस नामक एक इन्जाइम निकाल्ने गर्दछ । जुन इन्जाइम लुसिफेरिन नामको अणुसँग सम्पर्कमा आएर रासायनिक प्रतिक्रिया गरी प्रकाश उत्पन्न गर्दछ । र, कार्यमा अर्को अणुले कोइन्जाइमको काम गर्दछ ।

वैज्ञानिकहरुले यी तीनवटै रसायनहरु झिकेर एक नानोपार्टिकलमा बदलेर त्यसलाई रुखका पातमा पूराउने विधिको खोजी गरिरहेको जनाईएको छ । यो सफल भएमारुखका पातबाट जुनकिरीजस्तै प्रकाश निस्किनेछ ।

प्रतिक्रिया

Loading...