१९ वर्ष पूरानो हवाई टिकट ओछ्यानमुनि भेटियो, अहिले पनि यात्रा गर्न पाईने

यदि हराएर आश नै मारेको सामान भेटियो भने कति खुसी भईन्छ होला ? पक्कै पनि असाध्यै खुसी भईन्छ । यस्तै भएको छ अमेरिकाका एक व्यक्तिलाई । नर्थ क्यारोलिनास्थित ग्रिन्सबोरो सहरमा बस्दै आएका जोन वाकरले आफ्नो ओछ्यानमुनि १९ वर्ष अगाडि काटेको जहाजको टिकट फेला पारे । फेला परेपछि एकाएक उनी खुसी भए । त्यसमा उनको अर्को खुस् थपियो, त्यो खुसीको कुरा के भने, १९ वर्ष पहिले काटेको त्यो टिकटमा उनी अहिले पनि यात्रा गर्न पाउने रहेछन् ।

उनले सन् १९९९ को जनवरी महिनामा ४ सय डलरको त्यो हवाई टिकट खरीद गरेका रहेछन् । बिहेमा जानका लागि टिकट खरीद गरेका उनी संयोगवस बिहेमा गएनन् र त्यो टिकट प्रयोग भएन । उनले टिकट फिर्ता कगर्नको लागि कोसिस गरे तर टिकट फिर्ता भएन् । त्यसैले पैसा फिर्ता भएन । तर भविष्यमा कुनै पनि बेला त्यो टिकटमा यात्रा गर्न पाउने भनेर कम्पनीले उनलाई पत्र पठायो ।

तत्का उनले कतै पनि यात्रा गरेनन् । त्यसैले त्यो चिठी र टिकट घरमा कतै राखे । पछि उनले त्यो टिकटको विषय भुलिसकेका थिए । तर उनले हालसालै मात्र आफ्नो बेडरुम मज्जाले सरसफाई गरिरहेका थिए । त्यहीँ क्रममा उनले बेडमुनि कागजातले भरिएको एक पुरानो बाकस थियो । त्यही बाकसभित्र उनले १९ वर्षअघि किनेको टिकट तथा भविष्यमा प्रयोग गर्न पाउने भनी कम्पनीले लेखेको चिठी फेला पारे । त्यसपछि उनको खुसीको सीमा रहेन ।

त्यसपछि उनले हवाई टिकट किनेको कम्पनीमा फोन गरेर सो टिकट अहिले प्रयोग गर्न पाउने पाउने बारे सोधे । तर कर्मचारीले जवाफ दिएनन् । अनि ट्वीटरमा मेसेज पठाए । त्यसपछि कम्पनिले एउटा जवाफको चिठी पठायो । जवाफमा युनाइटेड कम्पनी सन् २००२ मा खारेज भएर यसअघिका सबै खाले भौचर तथा ऋण खारेज गरेको हुँदा त्यो पत्रको कुनै अर्थ नरहने उल्लेख गरिएको थियो ।

तर १९ टिकटसँगै कम्पनीको पत्र समेत सुरक्षित रहेको विशेष अवस्था भएकाले ग्राहकको सम्मानमा केही विशेष गर्ने कोसिस गर्ने जवाफ पत्रमा संकेत गरिएको थियो । अहिले टिकटको मूल्य ५ सय ७० डलर पुगिसकेको छ ।

प्रतिक्रिया

Loading...